काठमाडौँ– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित १५६ दिने अवधिको तेक्वान्दो आधारभूत तालिम सम्पन्न भएको छ ।


ADVERTISEMENT


तालिम सम्पन्न गर्ने प्रशिक्षार्थीलाई शुभकामना दिँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) धीरु बस्न्यातले अराजक गतिविधिको अन्त्य गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि पनि यस्ता किसिमका ज्ञान सीप अति आवश्यक रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले प्रहरी सेवामा स्वस्थ्य शरीर, चुस्त मष्तिष्क र शारिरीक आत्मबल, कुशल कार्य सम्पादन अत्यन्तै महत्व हुन्छ भने ।

एआईजी बस्न्यातले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने तेक्वान्दो प्रतियोगितामा पदक प्राप्त गरी प्रहरी सेवाको गरिमामय ईतिहासलाई कायम राख्नको लागि पनि यस तालिमको महत्व रहेको उल्लेख गरे।

स्वस्थ दुरुस्त प्रहरी संगठनको परिकल्पना मानसिक, व्यवहारीक तथा शारीरिक सबै क्षेत्रमा चुस्त, दुरुस्त तथा पुर्णरुपले स्वस्थ प्रहरी कर्मचारीबाट मात्र पुरा हुन सक्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रहरी अधिकारी, कोरियन दुतावासका काउन्सिलर डी एस काङ, कोरियन तेक्वान्दो प्रशिक्षक कोङ योङ दाल लगायतको उपस्थिति रहेको थियो ।