वीरगञ्ज– छठ पर्व आइतबारदेखि विधिवत सुरु भएको छ ।


ADVERTISEMENT


विशेष गरेर तराईवासीले कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रूपमा सुरु गरी चार दिनसम्म यो पर्व हर्षोल्लासका साथ मनाउँछन् ।


ADVERTISEMENT

# # #


कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ ।

छठ पर्वको पहिलोे दिन आइतबार व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरजस्ता वस्तु परित्याग गर्छन् ।

पञ्चमी तिथि (दोस्रो दिन)लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नया“ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।

मङ्गलबार अस्ताउँदो र बुधवार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ ।

दसैँ जस्तै छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि व्रतालुहरू व्रत लिन्छन् ।