काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेकपा (एमाले)को ढिपीका कारण स्थानीय तहको निर्वाचन तीन चरणमा गर्नुपरेको बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले पहिलो चरणको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादलाई चर्को रुपमा उठाएको तर काँग्रेस त्यो स्तरमा नओर्लेको बताए । उनले असार १४ मा हुने निर्वाचनमा काँग्रेस ६० प्रतिशत स्थानमा विजयी हुने दाबी गरे


ADVERTISEMENT

# # #


राजपाका वरिष्ठ नेता मनिषकुमार सुमनले असार १४ को स्थानीय तहको निर्वाचन हुँदै गर्दा सरकारले राजपाका नेता तथा कार्यकर्तालाई थुनेको र घर घेरेर जबर्जस्ती गरेको आरोप लगाए । मधेसी जनतालाई बाहिर राखेर गरिने निर्वाचनले ठूलो दुर्घटना निम्त्याउने चेतावनी पनि उनले दिए ।

एमालेका नेता आनन्द पोखरेलले तराईमा हुने स्थानीय तहको निर्वाचनमा ५१ प्रतिशत स्थानमा एमाले विजयी हुने जिकिर गरे । मधेसी जनताको मागअनुसार संविधान संशोधन गर्ने कार्यमा एमालेले कुनै हालतमा समर्थन नगर्ने पनि उनले बताए ।

नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले नेपाली जनताले धर्मनिरपेक्षता र सङ्घीयताको पक्षमा मतदान गरेर संविधान कार्यान्वयन गर्ने र यसमा जुनसुकै पार्टीले जिते पनि आफूहरुलाई मान्य हुने बताए। मधेसी जनताका मागलाई सम्बोधन गर्ने माओवादी अडान यथावत् रहेको पनि उनले स्पष्ट पारे।