काठमाडौं– स्मार्ट, टेलिकमकम्पनीले हालै आफ्नाग्राहकहरुलाई डबल डाटा अफर प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमाडबल डाटा प्राप्तगर्न सकिने छ ।


ADVERTISEMENT


अब स्मार्टको कुनै पनि डाटा प्याकखरिद गर्दा ग्राहकले डाबल डाटा प्राप्त हुनेछ । ५०० एमवि, १जिबी, २ जिबी र ५ जिबी डाटा प्याक जुन प्याक खरिद गरिन्छ सोही अनुसार थप ५०० एमवि, १ जिबी, २ जिबी र ५ जिबी डाटा प्याकप्राप्तगर्न सकिने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


साथै डाबल डाटा रिचार्ज कार्डको खरिदमा पनि लागू गरिएको छ । कम्पनीका अनुसार अब हरेक रिचार्जमा अतिरिक्त डाटा प्राप्त गर्न सकिनेछ । २०० एमबी देखि ३ जिबी सम्म रिचार्ज मार्फत अतिरिक्त डाटा पाइने छ । रु १०० को रिचार्ज गर्दा, ग्राहकलाई ९८.०४ रुपैयाँ मेन ब्यालेन्स प्राप्तहुने छ भने २०० एमवि+२०० एमबी डाटा, १० मिनेट टकटाइम र १० वटा एसएमएसको थप लाभ पाइने छ ।

त्यसै गरी २०० को रिचार्ज गर्दा १९६.०८ रुपैयाँ मेन ब्यालेन्स प्राप्तहुने छ भने ४०० एमबी + ४०० एमबि डाटा, २० मिनेट टकटाइम र २० वटा एस एम एस को थप लाभ पाइने छ भने रु ५०० को रिचार्ज गर्दा ४९०.२० रुपैयाँ मेन ब्यालेन्स प्राप्तहुने छ भने १.५ जिबी + १.५ जिबी डाटा, १००मिनेट टक टाइम र १०० वटा एसएमएसको थप लाभ पाइने छ ।

त्यस्तै १००० को रिचार्ज गर्दा ९८०.४० रुपैयाँ मेन ब्यालेन्स प्राप्तहुने छ भने ३ जिबी +३ जिबी डाटा, २०० मिनेट टकटाइम र २०० वटा एस एम एस को थप लाभ पाइने बताइएको छ ।

यो योजना स्मार्टको “फ्रिडम क्याम्पेन”अन्तर्गत प्रस्तुत गरिएको हो । यो क्याम्पेन स्मार्टले यसै वर्षको प्रारम्भमा प्रस्तुत गरेको थियो ।