काठमाडौँ– सरकार तथा प्रतिपक्षी दलका नेताहरुले अहिलेसम्मकै बलियो सरकार बनेकाले राजनीतिक स्थिरतालाई कायमै राखेर जनकाङ्क्षाअनुसार देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।


ADVERTISEMENT


रिपोर्टर्स क्बलमा आज आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका नेता चिनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दलले सरकारको राम्रो कामको कहिल्यै विरोध नगरेको भन्दै सरकार तथा प्रतिपक्षी मिलेर देशलाई समृद्ध बनाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


दुई तिहाइको सरकारको कार्यशैली कछुवा गतिमा चलेको भन्दै उनले काङ्ग्रेससहित प्रतिपक्षीको पनि विरोध नभएको बेला राजनीतिक स्थिरता कायमै राखी सरकार समृद्धिको बाटामा लाग्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सरकार गठन भएको आठ महीनामात्रै भएकाले सरकारको आंशिक समीक्षा गर्न सकिए पनि पूर्णसमीक्षा गर्ने बेला भइ नसकेको बताए ।

उनले प्रतिपक्षले पनि सरकारलाई पूर्ण समर्थन गरेको भए पनि पुरानो चिन्तनमा हामी अल्झिरहेकाले समृद्धिको बाटामा अलि ढिलाइ भएको हो भने । उनले ५ वर्षभित्र चीन र भारतबाट नेपालमा रेल गुड्ने अवस्था नआए पनि रेल आउने आधार तथा पूर्वाधार तयार हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता मनीषकुमार सुमनले प्रदेश सरकारलाई बलियो बनाउनुपर्नेमा सरकारले प्रदेश नं २ मा दुई हजार ५०० कर्मचारी चाहिनेमा ३०० कर्मचारी पठाएर प्रदेशलाई कमजोर बनाउने गरेको आरोप लगाए ।