काठमाडौँ– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन् । अध्यक्ष यादवले आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न राजपालाई कडा चुनौती दिएका हुन् ।


ADVERTISEMENT


‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्’– फोरम नेपालका अध्यक्ष यादवले भने । राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित राजपा नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेकोप्रति यादवले टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै अध्यक्ष यादवले मनिष सुमन आफैले कसैको पैसा खाएर यसरी आरोपमा उत्रिएको बताए । उनले भने,– ‘अरुमाथि यसरी आरोप लगाउने राजपाको आयश्रोत के हो रु कहाँबाट संचालित छ रु कसरी चलेको छ रु यसको जवाफ राजपासँग छ रु’

राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकोले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवले प्रतिक्रिया दिए । ‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन् । राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ’– अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरेका छन् । राजपा नेता मनिष सुमनले आइतबार रिपोर्टर्स क्लबमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए ।