विराटनगर– विराट नगर महानगरपालिकाका मेयर भीम पराजुली महानगरको विकास र समृद्धिको कामना गर्दै छठ पर्वमा दण्डप्रणाम ब्रत बसेका छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन उनी आज करिब ३ किलोमिटर सडकमा घिस्रिएर दण्डप्रणाम गर्दै जलाशय किनार सिंघीया घाट पुग्नेछन् ।


ADVERTISEMENT


जसका लागि मध्यान्ह १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट उनले यात्रा सुरु गरेका छन् । उनी चार घण्टा घिस्रएर पूजा घाट पुग्नेछन् । यो विधिबाट व्रत बस्दा जमिनमा शरीर पूरै सुताएर हातले चिनो लगाउँदै खोलासम्मको यात्रा तय गर्नुपर्छ ।


ADVERTISEMENT

# # #


विगत १४ वर्षदेखि आफूले भाकल गरेको छठी माताले पुरा गरेको उल्लेख गर्दै यसपाली विराटनगरको विकास र संमृद्धिकालागि दण्डप्रणाम ब्रत वसेको पराजुलीले बताए ।

‘यसपाली विराटनगरको समग्र विकास, संमृद्धि, सुशासन, शान्ति सुरक्षा र नगरवासीको सुस्वास्थ्यको कामना गरेको छु,’ उनले भने, ‘छठी माताले मेरो मागको सुनुवाई गर्नेमा म विश्वस्त छु ।’
कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बिरामी हुँदा पनि उनले कोइरालाको स्वास्थ्य लाभको कामना गर्दै व्रत बसेका थिए ।