काठमाडौं – आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको छ । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।


ADVERTISEMENT


आज साँझ काठमाडौं उपत्यकालगायत मधेसका धेरै जिल्लामा अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अर्घ्य दिएर छठ मनाइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।


ADVERTISEMENT

# # #


छठमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ ।

सबै तस्बिर : रासस