एजेन्सी–  एक दुर्लभ गुलाबी हीरालाई ५० मिलियन डलर अर्थात करिब ५८० करोड रुपैयाँमा खरिद गरिएको छ । प्रति क्यारेट मूल्यका अनुसार यो हिसाबले एक विश्व रेकर्ड बनाएको छ ।


ADVERTISEMENT


‘दी पिङ्क लिगेसी’ नामको यो हिरा मात्र १९ क्यारेट तौलको रहेको छ । यसलाई अमेरिकी ब्रान्ड ह्यारी विन्सटन्ले जेनेभामा भएको अक्सन (लिलामी)मा खरिद गरेको हो । क्रिस्टिज अक्शन हाउसका यूरोप प्रमुखका अनुसार, ‘यो हीराको प्रति क्यारेट मूल्य करिब ३०.४ करोड रहेको छ । जुन विश्वकै सर्वाधिक महंगो मूल्य हो ।


ADVERTISEMENT

# # #


यो हीरालाई लिलामी सुरु भएको मात्र पाँच मिनेटमै खरिद गरिएको थियो । नयाँ मालिकले यसलाई ‘विन्स्टन पिङ्क लेगेसी’ नाम दिएको छ ।

उत्कृष्ट हीरा मध्येको एक

यो हीरा डी बीयर्स मिनिङ कम्पनी चलाइरहेका ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्शन हाउसका अन्तर्राष्ट्रिष्य ज्वेलरी प्रमुख राहुल कडाकियाका अनुसार यसलाई विश्वको सबैभन्दा उत्कृष्ट हीरामा पर्छ ।

उनले भने, यसको गुलाबी रंग एक क्यारेटको हीरामा पनि सजिलै देख्न सकिन्छ । तर यो हीरा लगभग १९ क्यारेटको भएकाले पूरै गुलाबी देखिन्छ । जुन अविश्वसनीय हो ।’ यसको रंगको गाढापनको सबैभन्दा उच्च श्रेणी फेन्सी ‘विविड’ मा राखिएको छ ।

यो आयातकार हीरा दक्षिण अफ्रिकाको एक खानीमा सय वर्ष पहिले मिलेको थियो । क्रिस्टी अक्शन हाउसका अनुसार सन् १९२० पछि सम्भवतः काटिएको छैन । उनका अनुसार १० क्यारेटभन्दा ठूलो फेन्सी विविड हीरा पाउन मुस्किल छ ।

यसले हीराको पछिल्लो मूल्य तोडिदिएको छ । नोभेम्बर २०१७ मा ८.४ क्यारेटको गुलाबी हीरा हङकङमा करिब २४ करोड रुपैयाँ प्रति क्यारेटका हिसाबले बिक्रि भएको थियो ।