भैरहवा– मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।


ADVERTISEMENT


आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको जानकारीदिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको सुभारम्भ गर्दै सरकारले लिएको रणनीतिअनुसार अगाडि बढेको बताए ।


ADVERTISEMENT

# # #


राजश्व तथा सेवा प्रवाह र अभिलेखको सुरक्षा गर्नका लागि मालपोत कार्यालयले अनलाइन सेवा विस्तारमा रहेको बताउँदै महानिर्देशक आर्चायले अबका केही वर्षमा नेपालका सबै मालपोत डिजिटल सेवामा प्रवेश गर्ने जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले समयको मागअनुसार जनसरोकारका कार्यालयहरु परिमार्जित हुनुपर्ने भन्दै अनलाइन सेवालाई नगरपालिकाले सहयोग गर्ने बताए ।

मालपोत कार्यालय भैरहवाका प्रमुख शिवप्रसाद रेग्मीले जनतालाई छिटो र सरलरुपमा सेवा दिन आफू र आफ्नो टोली तयार भएको बताए ।