काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकला लगायतका ‘उद्योग ग्राम’ स्थापना गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


बुधबार नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उद्योग ग्राम स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने पनि बताए ।


ADVERTISEMENT

# # #


उनले मुलुकमा उत्पादित हस्तकला लगायतका सामाग्रीका साथै बौद्धिक सम्पत्ति चोरी हुन नदिन ‘बौद्धिक सम्पत्तिमाथिको अधिकार सम्बन्धि ऐन’लाई संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात हुने हस्तकलाका सामानको एकीन तथ्यांक संकलन गरी सहयोग गर्न व्यवसायीसँग आग्रहसमेत गरे ।