काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य मोहम्मद अफ्ताव आलमले छठ पर्वले तराई र पहाडलाई जोड्ने काम गरेको बताएका छन् ।


ADVERTISEMENT


छठको अवसरमा रौतहटका विभिन्न छठ कार्यक्रममा सहभागी हुँदै नेता आलमले आपसी सद्भाव, साम्प्रदायिक एकता र सामाजिक मेलमिलाप बिना जीवन अधुरो रहने बताए । जीवनलाई सफल बनाउन सबैले यी कुराहरूलाई आत्मसाथ गरेर अघि बढ्नु पर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


छठ पर्वको शुभकामना दिँदै उनले पूजा अर्चना पनि गरेका थिए ।