काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य मोहम्मद अफताव आलमले छठ पर्वले तराई र पहाडलाई जोड्ने काम गरेको बताएका छन् ।


ADVERTISEMENT


छठको अवसरमा रौतहटका विभिन्न छठ कार्यक्रममा सहभागी हुँदै नेता आलमले आपसी सद्भाव, साम्प्रदायिक एकता र सामाजिक मेलमिलाप बिना जीवन अधुरो रहने बताए । जीवनलाई सफल बनाउन सबैले यी कुराहरूलाई आत्मसाथ गरेर अघि बढ्नु पर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


कोपवा पिपरिया छठ घाट निर्माणको बचनबद्धता व्यक्त गरेका छन् । यस्तै सर्मुजवा छठ घाटमा शुभकामना व्यक्त गर्दै सो ठाउँमा समेत छठ घाट निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । पतरा छठ घाटमा शुभकामना दिँदै सो क्षेत्रमा मन्दिर निर्माण र धर्मशाला निर्माणमा सहयोग गर्ने आलमले बताएका छन् ।

छठका ब्रतालु एवम् उपस्थित जनताहरुले अफताव एकका नहीँ सबका भन्दै नारा लगाएका छन् ।

छठ पर्वको शुभकामना दिँदै उनले पूजा अर्चना पनि गरेका थिए ।