नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ समक्ष नेपाली पक्षले नेपाली एयरलाइन्सलाई चीनमा प्रवेस विन्दु दिन माग गरेका छन्।


ADVERTISEMENT


संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयमा भएको दिपक्षीय छलफलमा मन्त्री रविन्द्र अधिकारीले नेपाल एयरलाइन्सले लामो समयदेखि माग गर्दा पनि चीनमा उडान अनुमति नपाएको प्रसंग उठाएका थिए।


ADVERTISEMENT

# # #


नेपालले भ्रमण वर्ष २०२० मनाउन लागेको र त्यसको लागि हवाई संजाल थप हुनुपर्ने भन्दै नेपाली पक्षले नेपाली एयरलाइन्सलाई पनि चीनका प्रमुख सहरहरुमा उडान अनुमति दिने व्यवस्था मिलाएर चीनले सहयोग गरिदिन माग राखेको थियो।

चिनियाँ मन्त्रीको सद्भाव भ्रमण भएको र त्यसबाट ठोस सहमति नभएपनि नेपाल एयरलाइन्सको प्रसंग नेपाली पक्षले उठाएको थियो।

सो क्रममा चिनियाँ मन्त्रीले नेपालको भ्रमण वर्ष २०२० लाई सहयोग गर्न चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री अधिकारीले जानकारी दिए।

नेपाल एयरलाइन्सले यसअघि ग्वाङजाउमा उडान अनुमति माग गर्दै अावेदन दिएकाे थियाे। स्लट अभावका कारण बेइजिङमा दिन नमानेकाे चीनले ग्वाङजाउमा पनि दिएकाे छैन।

सन् २०१५ मै उडान अनुमतिका लागि नेपाल एयरलाइन्सले अावेदन दिएकाे थियाे। उडानका लागि भन्दै अफिस खाेलेर कर्मचारी खटाइसकेकाे  सरकारी स्वामित्वकाे एयरलाइन्सले अहिलेसम्म पाएकाे छैन।

गत महिना चिनियाँ लगानीकाे हिमालय एयरलाइन्सले भने चीनमा चार्टर उडान गर्ने अनुमति पाएकाे छ।