विराटनगर – प्रदेश नं १ ले छठ पर्वको अवसरमा विशेष साँस्कृतिक महोत्सव गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा आयोजित महोत्सव भव्यताका साथ सम्पन्न भएको हो ।


ADVERTISEMENT


महोत्सव समारोहमा कार्यबहाक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यहरु तथा प्रदेश तहका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । यस्तै सम्मेलनमा प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्द तुम्वाहाङपनि उपस्थित थिए ।


ADVERTISEMENT

# # #


छठलाई सबै जातजातीले मनाउने पर्व भन्ने सन्देश दिन सरकारले हरेक वर्ष उदाउँदो सुर्यलाई अर्घ दिएपछि साँस्कृतिक महोत्सव आयोजना गर्ने परम्पराको सुरुवात गर्ने पनि जनाएको छ ।

मुस्लिमहरुको पनि उत्साहपूर्ण सहभागिता साँस्कृतिक महोत्सवमा साँस्कृतिक झाँकी, झाँगड, बाँतर, धिमाल, थारु, मगर, राई आदि जातजातीको सांस्कृतिक झाँकी प्रतियोगितात्मक रुपमा प्रदर्शन गरिएको थियो । थारु समुदायको तर्फबाट दुहवी नगरपालिकाले ल्याएको झाँकी कलात्मक र उत्कृष्ठ देखिएको थियो भने रंगेली नगरपालिकाको जनप्रतिनिधिहरुको मिश्रीत जातीय झाँकी अर्को आकर्षणको केन्द्र बनेको थियो ।

शुभकामना आदानप्रदानसमेत गर्ने उद्देश्यले आयोजना गरिएको साँस्कृतिक महोत्सवमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिएको थियो । सबै जातजाती र संस्कृतिबीच आपसी सद्भाव कायम गर्ने र सबैलाई एकताको सुत्रमा बाँध्नकालागि महोत्सव सफल भएको प्रदेश सरकारले जनाएको छ ।

कार्यवहाक मुख्यमन्त्री कार्कीले छैठ पर्वको साँस्कृतिक महत्व विस्तार हुँदै गएकोले सरकारले त्यसलाई सम्पुर्ण प्रदेशको पर्वको रुपमा मनाएको बताए । उनले समृद्ध प्रदेश सुखी जनताको नारालाई सार्थक बनाउन पनि सबैको पहिचानलाई संरक्षण र विकास गर्न सरकार लागि पर्ने बताए ।