रुकुम – पश्चिम रूकुमको त्रिवेणि गाउँपालिका–१ बल्लेजुरामा एकजनाले श्रीमती र छोराको हत्या गरेका छन् ।


ADVERTISEMENT


४९ वर्षीय सत्तबहादुर बुढाले आइतबार विहान साढे ७ बजेको समयमा भरुवा बन्दुक र धारिलो हतियार प्रहार गरी ४२ वर्षीय श्रीमती इन्द्रकला र ११ वर्षीय छोरा स्वयमप्रकाशको हत्या गरेका हुन् ।


ADVERTISEMENT

# # #


हत्यामा संलग्न सत्तबहादुरलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सत्तबहाुरले नै हत्या गरेको पुष्टि भएपनि घटना किन भयो भन्ने बारे थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।