इनरुवा – सुनसरीको दुहवीमा प्रहरी कार्यालय भित्र दुई पक्षिय छलफलका क्रममा एक जना कानुन व्यवसायीलाई प्रहरी अधिकृतहरुले हातपात गरेको आरोप लगाईएको छ ।


ADVERTISEMENT


शुक्रवार इलाका प्रहरी कार्यालय दुहवीमा सवारी दुर्घटना समबन्धी घटनामा छलफल हुदाँ सुनसरी जिल्ला अदालत वार एसोसिएसन ईकाइका सदस्य समेत रहेका अघिवक्ता विनोदकुमार चौधरीलाई बिचमा बोलेको भन्दै हातपात र लछारपछार गरेका हुन ।


ADVERTISEMENT

# # #


शनिवार इनरुवामा प्रहरीअधिकृतहरुको दुव्र्यवहारमा परेका अघिवत्ता विनोदकुमार चौधरीले पत्रकार सम्मेलन गरि प्रहरी निरिक्षक रामनारायण माझि, प्रहरी नायव निरिक्षक गोपालप्रसाद सापकोटा, प्रहरी सहायक निरिक्षकद्दय डम्मर गौतम र रोहित दाहालले अदालतमा गएर मुद्धा दर्ता गर्ने, अदालतमा गएर बोल्ने भन्दै धम्काउदै लगाएको लुगाको कलर समातेर हालपात गरि कार्यालय भित्र लगेर थुनुवा कक्षमा भित्र हुलेर थुन्न समेत खोजेको जनाएका छन ।

पत्रकार सम्मेलनमा अघिवत्ता चौधरीले भने इलाका प्रहरी कार्यालय दुहवीको हाता भित्र भएको दुई पक्षिय छलफलका क्रममा भुपेन्द्र चौधरीको पक्षबाट आफुले भनाईहरु राख्न खोज्दा प्रहरी अधिकृतहरुले तँ बोल्ने को होस ? भन्दा आफुले म कानूनव्यवसायी हु मैले पिडितका तर्फबाट कुरा राख्न पाँउछु की पाँउदिन, म वोल्न पाँउनु की पाँउदिन भनी भन्दा तिमी मेरो कार्यालयबाट गईहाल् निस्कीहाल्, तिमी बोल्न पाँउदैनौ यो मेरो कार्यालय हो भन्दै प्रहरी निरिक्षक रामनारायण माझिले गलहत्याएर गलहत्याई सकेपछी बाँकी रहेका जुनियर प्रहरीअघिकृतहरुले मेरो कपडा भेष्टको कलर समात्दै, गलहत्याउदै हातपात गर्दै दुरव्र्यवहार गरी कार्यालयको मुल गेटबाट बाहिर निकाल्दै कडा शब्दमा धम्की दिएको जनाएका छन ।

अघिवत्ता चौधरीले आफु माथी कार्यालय हातामा हातपात र दुव्र्यवहार गरि धम्की दिने प्रहरी अधिकृतहरुलाई कानुन बमोजिम कारवाही गर्न र दुहवी स्थित इलाका प्रहरी कार्यालय भित्र सिसिटीभी क्यामेरा जडान गरिएको भए त्यसमा घटनाको यर्थात विवरणहरु समेत कैद भएकाले त्यसको फुटेज हेरी सत्य तथ्य समेत जानकारी लिन सरोकारवाला सवैलाई अपिल गरेका छन ।

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक रामनारायण माझिले कार्यालय हाता भित्र छलफलका क्रममा होहल्ला भएकाले दुवै पक्षलाई बाहिर जान आग्रह गरि बाहिर पठाएको बताउदै वकिललाई कुनै हातपात नगरेको दावी गरेका छन ।

यसै गरि आइतवार नेपाल वार एसोसोएसन सुनसरी जिल्ला अदालत वार एसोसिएन सुनसरीलेसमेत घटनाका समबन्धमा सत्य तथ्य बुझी दोषीलाई कारवाहीको माग गर्न आफना कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।