काठमाडौँ– लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मीबिकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ ।


ADVERTISEMENT


आइतबार भएको उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पी. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरेका छन् । सो सम्झौतानुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ, मार्केटिङ्ग मेनेजर तीर्थराज पुरी तथा बैंककातर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र बरिष्ठ मार्के्टिङ्ग मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति रहेको थियो ।