हुम्ला– पहिलोपटक जिल्ला खेलकूद समितिको संयोजनमा माध्यमिक विद्यालयमा अध्ययरत किशोरीलाई महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद प्रशिक्षक तालीम दिइएको छ ।
सदरमुकाम सिमकोटमा रहेका दुई माविमा अध्ययनरत किशोरीलाई तीनदिने महिला हिंसाविरुद्ध तालीम दिइएको हो । समापन कार्यक्रममा सांसद छक्कबहादुर लामाले नारी धार्मिक संस्कारमा पनि दैवि शक्तिका रुपमा लिइएकोले अबका किशोरीले समेत आफूमा बलियो साहस देखाउनुपर्ने धारणा व्यक्त गरे।
उनले हुम्लामा मदिराका कारण हुने महिला हिंसा निराकरण गर्न सबैको सहयोग आवश्यक छ भने ।