पोखरा– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११.२ मेट्रिकटन रासायनिक मल बिक्री गरेको छ ।


ADVERTISEMENT


कार्यालयले यस आवका लागि विभिन्न ६० वटा सहकारीलाई सूचीकृत गरेकामा ती सहकारीमार्फत युरिया, डिएपी र पोटास बिक्री भएको कामु शाखा प्रबन्धक मुरलीमोहन रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार यस चौमासिकमा युरिया ४४१.८५ मेट्रिकटन, डिएपी १४७.२५ मेट्रिकटन र पोटास २२.१ मेट्रिकटन बिक्री भएको छ । कार्यालयमा युरिया ७४.६ मेट्रिकटन र डिएपी ३२.७५ मेट्रिकटन मौज्दात बाँकी रहे पनि पोटास मौज्दात नरहेको उनले जानकारी दिए ।