काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा ५० जनाको ज्यान गएको छ । धार्मिक क्षेत्रका विद्वानहरु जम्मा भएको ठाउँमा भएको आक्रमणमा कम्तिमा ८३ जना घाइते भएका छन् ।


ADVERTISEMENT


पैगम्बर मोहम्मदको जन्म दिवस मनाउन भेला भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको हो । काबुलमा पछिल्ला महिना भएको यो ठूलो आक्रमण हो ।


ADVERTISEMENT

# # #


अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । पछिल्ला वर्षहरुमा इस्लामिक स्टेट (आइएस) र तालिबानले आक्रमण गर्दै आएका छन् ।

तर तालिबानले काबुलमा भएको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ र आक्रमणको निन्दा गरेको छ । बिस्फोट भएका बेला हलमा झण्डै एक हजार जना थिए ।