काठमाडौं । प्रदेश ३ सरकार विरुद्ध नाराबाजी गरिएकाे छ । सिमान्तकृत तथा पीछडा वर्ग बस्ती विकास समाजले जग्गा दिलाइदिन माग गर्दै विरोध गरेका हुन् । उनीहरुले मन्त्रालय घेराउ गरेर विरोध गरेका थिए ।


ADVERTISEMENT


समाजले बुधबार भूमि व्यवस्था र कित्ताकाट भइसकेको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराइदिन माग गर्दै भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।


ADVERTISEMENT

# # #


मनहरी गाउँपालिकाबाट आएको समाजको टोली हेटौंडा बजारमा र्‍याली निकाल्दै मन्त्रालय अगाडी मिनेट नाराबाजी गर्दै ज्ञापनपत्र बुझाएका हुन् । तीनै तहको सरकारले पटकपटक आश्वासन मात्र दिएकाले प्रदेश सरकारलाई दबाव दिन मन्त्रालय घेराउ, ज्ञापनपत्र र र्‍यालीको कार्यक्रम गरिएको सिमान्तकृत तथा पीछडावर्ग बस्ती विकास समाजका अध्यक्ष हस्तबहादुर चेपाङले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा हेटौंडा बाहिर रहेकाले उनीहरुले मन्त्रालयका सचिव विजयचन्द्र झालाई ज्ञापनपत्र बुझाए । सचिव झाले मन्त्रालयले भूमि व्यवस्था सम्बन्धी ऐनको मस्यौदा निर्माण गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सैद्धान्तिक सहमतिको लागि पठाएकाले ऐन निर्माणपछि मात्र भूमि सम्बन्धि निर्णयहरु गर्न सकिने बताए ।