काठमाडौं । उच्च अदालत पाटनले टिपर व्यवसायीलाई पेसा, व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ ।


ADVERTISEMENT


न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले बुधबार टिपर व्यवसायीले पेसा, व्यवसाय गर्दा निश्चित मापदन्डको पालना गर्नुपर्ने हुँदा सरकारले निर्धारण गरेको समयको पालना गर्नुपर्ने आदेश जारी गरेको हो ।


ADVERTISEMENT

# # #


आदेशमा व्यवसायीलाई सम्पत्ति कमाउने संवैधानिक हकको पनि संरक्षण हुने र नागरिकको पनि जीउधनको सुरक्षा हुने हुनाले तोकेको समय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म टिपर नचलाउने भनिएको छ ।

जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने माग गर्दै टिपर व्यवसायी संघ दोलखाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो ।

सरकारले टिपरका कारण धेरै नागरिकको ज्यान गएपछि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्ममात्र चलाउनका लागि समय निर्धारण गरेको थियो ।

अदालतले सरकारले व्यवसायीका लागि आचारसंहिता बनाएर समय निर्धारण गर्नसक्ने भएकाले लिखित जवाफ माग्नुपर्ने कारण नदेखिएको उल्लेख गर्दै रिट खारेज गरेको छ ।