काठमाडौं । निर्देशक तथा सञ्चारर्मी दीपेन्द्र लामाले आफ्नो नयाँ चलचित्र ‘गोपी’को पहिलो गीत लक्ष्मी कहिले काली…गीतको भिडियो रिलिज गरेका छन् । चलचित्रलाई आगामी १८ माघबाट देशव्यापी प्रदर्शनको घोषणासहित उनले यो भिडियो युट्युबबाट रिलिज गरेका हुन् ।


ADVERTISEMENT


गीतमा अर्जुन पोखरेल र उनका बुबा बाबुराम पोखरेलको संगीत छ । यो गीत साहित्यकार बुद्धिसागरले लेखेका हुन् । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका हुन् । यो गीत चुट्का भजन शैलीमा बनाइएको छ ।


ADVERTISEMENT

# # #


चलचित्रमा अभिनेता विपिन गाईपालकको रूपमा रहेको र गाईलाई पूजा गर्ने क्रममा यो गीत सिनेमामा आउने यसका निर्देशक दीपेन्द्रले बताएका छन् ।

भिडियोमा चलचित्रका कलाकार विपिनसँगै वर्षा राउत, अंकित खड्का, भोला सापकोटालगायतको नृत्य छ । गोविन्द राईले गीतको नृत्य निर्देशन गरेका हुन् । भजनमा पौढदेखि तन्नेरी पुस्तासम्मका नृत्य कलाकारले चुड्का नाच देखाएका छन् ।

गोपीमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतमको पनि अभिनय रहेको छ । यसमा सामिप्य तिमिल्सेनाले लेखेका यो फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । चलचित्रलाई आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीले निर्माण गरेकी हुन् ।