काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना अब टेलिफोनबाटै प्राप्त गर्न सकिने भएको छ।


ADVERTISEMENT


विश्वविद्यालयले उपलब्ध गराएको दुईवटा नम्बरमा विद्यार्थीले परीक्षासम्बन्धी जानकारी पाउन सक्नेछन्। विद्यार्थीलाई सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले यो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।


ADVERTISEMENT

# # #