काठमाडौँ– प्रहरीले ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई ठग्ने तीन विचौलियालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई विभिन्न बहानामा ठगी गर्दै आएको गुनासोका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आज काठमाडौँ कालिमाटीका २४ वर्षीय सुरेन्द्र पाँचकोटी, धादिङ जिवनपुरका २९ वर्षीय सुजन लामा र सर्लाही लालबन्दीका २६ वर्षीय निर्मल तामाङलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


तीनै जनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।