मुक्तककार एस पि असफलका धमाकेदार मुक्तकहरु


ADVERTISEMENT


मुक्तक-१


ADVERTISEMENT

# # #


मेरै कुरा काटेर दिन बिताएका छन्
देखेर पीडा निकै मुस्कुराएका छन्
मेरो घरमा आगो लगाई मेरा आफन्त
मैसँग खरानी पैचो माग्न आएका छन् ।

मुक्तक-२

”लैला मजनू” बन्ने बिचार गर्दै नगर ,
माया लाउँदा कसैले हतार गर्दै नगर ,
आफ्नै सुनौलो भविष्य अन्धकार पारी,
पढाइ नै गुमाएर यो प्यार गर्दै नगर ।

मुक्तक-३

सडेको मासु कुहिएको आटो कहिले सम्म आउँछ
पसले र ग्राहक बिच फाटो~~कहिले सम्म आउँछ
ए सरकार उपभोक्ताले ~~जवाफ मागिरहेका छन्
दाल चामलमा ढुङ्गो माटो~~ कहिले सम्म आउँछ

मुक्तक-४

छिमेकीले सिमाना अतिक्रमण गरेको देखेर गोर्खालीको अस्तित्वनै दाउमा परेको देखेर
मलाई अर्को भक्ति थापा बन्न रहर जाग्दै छ
सिमानामा गोली लागेर~ छोरा मरेको देखेर

मुक्तक-५

विकट गाउँ बस्ती बस्तीमा चेतना छर्नु पर्छ।
नाङ्गो डाँडा पाखाभरी वृक्षरोपण गर्नु पर्छ।
भिरालो एकल बस्ती एकीकृत गर्दै गर्दै अब,
प्रकोपबाट बच्न सुरक्षित ठाँउतिर सर्नु पर्छ।

मुक्तक-६

लाग्न छाड्यो,भन्दै भोक,राजनीतिमा लागेपछि
डुलिरहन्थ्यो,गल्ली चोक,राजनीतिमा लागेपछि
दलित भन्दै हेप्पिएर,क्रान्ति गर्न निस्केको,हर्केले
बिर्सियो आज,सबै थोक,राजनीतिमा लागेपछि ।

एस.पि. असफल
फेदिखोला-३ गहतेरा, स्याङ्जा ।
हाल : बिरानो मुलुक ।