काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारे अमेरिकी गुप्तचर एजेन्सी ‘सीआईए’ले अनुसन्धान गरिरहेको जिकिर गर्दै अहिले नै निष्कर्ष सुनाउन हतार हुने बताएका छन् ।


ADVERTISEMENT


फ्लोरिडामा भएको एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले सीआईएले घटनाबारे अनुसन्धान गरिरहे पनि निष्कर्ष ननिकालेको दाबी गरे । हत्यामा साउदी युवराज मोहम्मद बिल सलमान संलग्न रहेको आरोपमा भने आफू विश्वस्त नभएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।


ADVERTISEMENT

# # #


यसअघि पनि ट्रम्पले साउदी अरबसँगको सहकार्यको बचाउ गर्दै साउदी युवराज मोहम्मद बिल सलमानको उक्त घटनामा संलग्नता नदेखिएको बताएका थिए ।

अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि लेख्दै आएका साउदी पत्रकार खाशोग्जीको गत अक्टोबर २ मा टर्कीको ईस्तानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।