काठमाडौं । दीपिका पादुकोण र रणवीर सिंहले २१ नोभेम्बरमा बैङ्गलोर मा आफ्नो पहिलो रिसेप्शन सकेर मुम्बई फर्केका छन् ।
उनीहरुले १४-१५ नोभेम्बरमा इटालीको लेक कोमोमा विवाह गरेका थिए ।


ADVERTISEMENT


अब उनीहरुले मुम्बईमा थप दुई वटा रिसेप्शनको आयोजना गर्नेछन् । तेस्रो रिसेप्शनको कार्ड अभिनेत्री मनीषा कोइरालाले शेयर गरेकी थिइन् ।
सबै रिसेप्शन सकेपछि दुवैजना आफ्नो काममा फर्कनेछन् । रणवीर सिंह फिल्म सिम्बा को प्रमोशनमा व्यस्त हुनेछन् भने दीपिका पादुकोण मार्च २०१९ पछि मात्रै काममा फर्कनेछिन् ।


ADVERTISEMENT

# # #


दीपिका एसिड पीडित लक्ष्मी अग्रवालमाथि बनिरहेको चलचित्रमा मुख्य भूमिकामा काम गर्नेछिन् ।

यो चलचित्रको छायांकन मार्चमा सुरु हुनेछ ।