काठमाडौं । नेपाली कांग्रेसले भारतस्थित उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सीताराम विवाह महामहोत्सवमा प्रमुख अतिथिका रुपमा बोलाइएकोमा विरोध गर्दै उनको आगमनलाई दूर्भाग्यपूर्ण भएको बताएको छ।


ADVERTISEMENT


पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले पार्टीको आधिकारिक धारणालाई अभिव्यक्त गरेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


हिन्दु अधिराज्यको पक्षमा बोल्ने व्यक्तिलाई सीताराम विवाह महामहोत्सवमा मुख्य अतिथिका रुपमा बोलाइदा गलत सन्देश जाने र त्यो दूर्भाग्यपूर्ण हुने निधीले बताएका थिए।

साथै कांग्रेसले जयनगर जनकपुर कुर्खा रेलवेको उद्घाटन आदित्यनाथको सट्टा दुई देशका केन्द्रीय तहका मन्त्रीहरुलाई जिम्मा दिन समेत आग्रह गरेको छ।

भारतको एउटा प्रदेशका मुख्यमन्त्रीले मात्र रेलवेलाइन उद्घाटन गर्दा त्यसले कुटनीतिक विचलन ल्याउने र नेपालको सार्वभोमसत्ताको अवमुल्यन हुने चेतावनी पनि निधिले दिएका थिए।

‘उहाँले आदित्यानाथको आगमनलाई लिएर दिएको अभिव्यक्ति पार्टीमा परामर्श गरेरै आएको हो। त्यो पार्टीको आधिकारिक धारणा नै हो । अर्को उहाँ त्यही भुगोलको भएकोले त्यसप्रति बढी चासो हुनु स्वाभाविक हो,’ प्रवक्ता शर्माले देशसञ्चारसँग भने।

यसअघि जनकपुरमा यही मंसिर २१ देखि २७ गतेसम्म चल्ने सीताराम विवाह महामहोत्सवमा आयोध्याबाट मुख्यमन्त्री योगी आदित्यनाथ स्वयम् रामको जन्ती लिएर आउने निश्चित भएको आयोजकहरुले बताएका थिए।

पछि त्यसलाई धार्मिक र सांस्कृतिकसँगै राजनीतिक दृष्टीकोणबाट हेरिन थालिएको थियो।