इलाम– नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उनले भने, “प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड गर्यो, जनताको निर्वाचनको अधिकार कुण्ठित गर्यो । ”


ADVERTISEMENT

# # #


निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उनले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भने ।

वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूआत गर्नुपर्नेमा जोड दिए ।