काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजले इंग्ल्याण्डका पाउल कौलिनलाई टिममा आवद्ध गरेको छ । मंसिर २२ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि पोखराले इङ्लिस अलराउण्डर पाउललाई टिममा आवद्ध गरेकोे पोखराले शुक्रबार जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT


कौलिनलाई टिममा आवद्ध गर्न पाएकोमा खुसी व्यक्त गरेको पोखराले उनी नेपालका स्टार खेलाडी टिममा रहँदा उनको आगमनले टिम अझै बलियो हुने बताएको छ । पोखरासँग जोडिएका कौलिन हाल काउन्टी क्रिकेट क्लब नोटिङ ह्यामसायरमा आवद्ध छन् ।


ADVERTISEMENT

# # #