काठमाडौँ – सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो ।


ADVERTISEMENT


गिरीलाई उच्च रक्तचाप बढेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गिरी लामो समयदेखि उच्चरक्तचापसहितका रोगबाट पीडित थिए । गिरीको निधनको सर्वोच्च अदालतका मुख्य रजिस्टार राजन भट्टराईले पुष्टि गरेका छन् ।


ADVERTISEMENT

# # #


गिरीको स्वास्थ्ययमा समस्या देखिएपछि एक साता ग्रान्डी अस्पतालमा राखेर उपचार गरिएको थियो । ग्रान्डीमा उपचार सम्भव नभएपछि गिरीलाई नरभिक अस्पताल लगिएको थियो । गिरी सर्वोच्चका १८ औं न्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म रहेका थिए ।