काठमाडौं–  नारायणहिटी दरबार संग्राहलयका थप १० वटा कक्षहरु सर्वसाधाराणका लागि खुला भएका छन् ।


ADVERTISEMENT


यसमा तत्कालीन रानीको श्रृङ्गार कक्षदेखि पाहुना सुत्ने कक्षहरुसम्म छन् । शुक्रबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले नारायणहिटी दरबारका खुल्न बाँकी १० वटा कक्ष सर्वसाधारणका लागि औपचारिक रुपमा खुला गरेका छन् । ।


ADVERTISEMENT

# # #


सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अंगरक्षकको कक्ष सर्वसाधारणको अवलोकनका लागि खुला भएका हुन् ।
पर्यटन मन्त्री अधिकारीले अब दरबारमा फिल्म थिएटर र पुस्तकालय मात्रै सर्वसाधारणका लागि खोल्न बाँकी रहेको बताए ।

उनका अनुसार यी दुई कक्ष पनि खोलेपछि नारायणहिटी दरबार रहस्यमय नरहने बताए । संग्राहलयमा श्रीपेचसहित राजदण्ड पनि प्रदर्शनमा राखिसकिएको छ ।

तस्बिर : पर्यटनमन्त्रीको ट्वीटरबाट