काठमाडौं । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुनको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।


ADVERTISEMENT


बौद्धिक सम्पत्ति संरक्षण समाजले शनिबार राजधानीमा गरेको कार्यक्रममा बौद्धिक सम्पत्ति महत्वपूर्ण तर जटिल विषयवस्तु भएकाले यसको विकासमा सबैले ध्यान दिनुपर्ने सहभागीको भनाइ थियो ।


ADVERTISEMENT

# # #


समाजका अध्यक्ष कृष्ण ज्ञवालीले सिर्जना र साहित्य क्षेत्र बौद्धिक क्षेत्र भएकाले कानुनमासमेत यसलाई समेटिनुपर्ने बताए ।

बौद्धिक सम्पत्तिको रक्षा गर्नु राज्यको दायित्व रहेको भन्दै यससम्बन्धी कानुनको आवश्यकता रहेको औंल्याइएको हो ।

बौद्धिक सम्पत्ति अधिकारलाई भने राज्यले अंगीकार गरिसकेको छ ।