मुक्तकहरु:-


ADVERTISEMENT


भट्टी तिर धाउन थाल्यौ, उतै प्रित लाउन थाल्यौ।
मायाँ उतै पाउन थाल्यौ,उस्कै गुन गाउन थाल्यौ।।
भन्थ्यौ तिम्रो ध्यान दिन्छु, परे देखि ज्यान दिन्छु।
उतैतिर छाउन थाल्यौ,घरकीलाई रुवाउन थाल्यौ।।
(१)


ADVERTISEMENT

# # #


बिमार बा छोडेर छोरो हरायौ तास लिएर।
रातमा घर फर्केनन् खालतिरै बास लिएर।।
मलामीले बा बोक्दै, छोराले चौका ठोक्दै।
वास्तै गरेनन् गाउँले आउँदा लास लिएर।।
(२)

कति प्यासी प्रेममा, कति भोका देख्छु।
कहीँ मिलन प्रेममा, कहीँ धोका देख्छु।।
कतै घाम कतै छायाँ, के रहेछ र मायाँ?
कुनै हाँसेर रमाएको, कुनै रोका देख्छु।।
(३)

वास्तै गरेनौ ढकमक तिम्रै सामु फुल्दा पनि।
एकै नजर लगाएनौ मेरो छेउमा डुल्दा पनि।।
लिन आउँला भन्दै कुरेँ,बैँस जोबन त्यसै तुरेँ।
भमरा बनी आएनौ बासना दिई झुल्दा पनि।।
(४)

चिनजान थियौँ हामी बिच, कहाँ हो र नदेखेको।
आउने र जाने भैईराख्थ्यौँ, कहाँ हो र नभेटेको।।
यति विधि हुँदा पनि, पाईएन तिम्लाई रुँदा पनि।
भनिरहेकोछु मन बुझाउन, निधारैमा नलेखेको।।
(५)

– गम बयम्बु मगर
निस्दी-६ अर्चले,पाल्पा