काठमाण्डौ– नेपाल अधिराज्य भरी १४ वटा सामसुङ मोबाइलका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुरमा विस्तार गरेको छ ।


ADVERTISEMENT


आइएमएसले भक्तपुरको सूर्यबिनायकस्थित भक्तपुर मोबाइल कम्प्लेक्समा सेवा केन्द्र सञ्चालन गरेको हो ।


ADVERTISEMENT

# # #


सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का कार्यकारी निर्देशक युबियम वोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसुङ इलेक्ट्रोनिक्स्का जुङ्सिक (बबि) योले गरेका छन् ।

कार्यक्रममा बोल्दै आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै आइएमएसको मुख्य उद्देश्य रकेको बताए । उनले प्रत्येक सेवा केन्द्रको स्थापनासंगै धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्न लागि परेको उल्लेख गरे ।