झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


सम्पूर्ण परिवार सुतिरहेको बेला गएराती घरमा एक्कासी आगो लागेपछि लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा ३६ बर्षीय लक्ष्मण खनाल, ३० बर्षीया राधिका खनाल, ४ बर्षीया सुप्रिया खनाल तथा ३ महिनाका टीकाराम खनाल रहेका छन् ।

राती ९ बजेको समयमा उक्त आगलागी भएको हो ।

भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ्र ।

आगलागी के कारणले भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।