काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराजको उपचारको जिम्मा मानसिक र मेडिसिन चिकित्सकलाई लगाइएको छ।


ADVERTISEMENT


धर्ना दिने क्रममा असामान्य व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई बेहोस बनाई गाडीबाट राजधानी ल्याइएको थियो। लगत्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनलाई आकस्मिक कक्षका डा.तीर्थमान शाक्य नेतृत्वको टोलीले हेरेको थियो।


ADVERTISEMENT

# # #


रिपोर्टहरुले ज्वरो आएको र मुटुको धड्कन बढेको बाहेक अन्य कुनै समस्या नदेखाएपछि यज्ञराजलाई आकस्मिक विभागबाट मानसिक र मेडिसिन विभागलाई जिम्मा लगाउँदै आइसीसीयुको बेड नम्बर तीनमा सारिएको डा.शाक्यले जानकारी दिए।

यो सँगै यज्ञराजको उपचार मानसिक विभागका प्रमुख डा.सरोज ओझा र हालै प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न डा.सन्त दासले सुरु गरेका छन्।