काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपिएल) को साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले यही मंसिर २२ देखि सुरु हुने आसन्न संस्करणका लागि नेदरल्यान्ड्सका ब्याटिङ अलराउन्डर रायन टेन डोइस्टेचलाई अनुबन्ध गरेको छ ।


ADVERTISEMENT


नेपाली राष्ट्रिय टोलीका स्टार शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवाले सोमबार विज्ञप्ति जारी गर्दै जनाएअनुसार टोलीले यसपालि उपाधि जित्ने लक्ष्यका साथ डोइस्टेचलाई अनुबन्ध गरेको हो । डोइस्टेचले नेदरल्यान्ड्सका लागि ३३ एकदिवसीय अन्तर्राट्रिय खेल खेल्दै पाँच शतक तथा ९ अर्धशतक बनाएका छन् । मध्यम गतिको बलिङमा पनि प्रभावकारी मानिएका डोइस्टेचले इन्डियन प्रिमियर लिग (आइपिएल)मा च्यामिपयन कोलकाता नाइट राइडर्सबाट ट्वान्टी–२० क्रिकेटको उच्चस्तरीय अनुभव बटुलेका छन् । यसैगरी उनीसँग बंगलादेश प्रिमियर लिग र पाकिस्तानी सुपर लिगको पनि अनुभव छ ।


ADVERTISEMENT

# # #


भैरहवा ग्लाडिएटसले अन्य विदेशी खेलाडी कोटामा संयुक्त अरब इमिरेट्स (युएई)का तिव्र गतिका बलिङ अलराउन्डर मोहम्मद नाभेद र भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहलाई अनुबन्ध गरिसकेको छ ।

गतवर्ष उपविजेता हुँदाका सबै नेपाली खेलाडीमाथिको विश्वास टोलीले यसपाली पनि कायम राखेको जनाएको छ । टोलीले आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, अविनाश बोहरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केसी, हरिशंकर शाह, दीपेश श्रेष्ठ र भुपेन्द्र थापालाई अनुबन्ध गरिसकेको जनाएको छ ।

यसैगरी टोलीले हालै भैरहवामा सम्पन्न प्रतिभा खोजबाट यु–१६ राष्ट्रिय टोलीका पूर्व स्पिनर अनिल खरेल र यु–१९ टटोलीका कुशल मल्ललाई आबद्ध गरेको छ ।