काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उद्योग, वाणिज्य प्रवर्धन संवाद परिषदको पहिलो बैठक सोमबार सिंहदरबारमा बसेको छ ।


ADVERTISEMENT


बैठकमा नेपाल सरकार र निजी क्षेत्रबाट परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरूबीच आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनका लागि गर्नुपर्ने सहकार्यका क्षेत्र र रणनीतिकाबारेमा विस्तृत् छललफल भएको थियो ।


ADVERTISEMENT

# # #


बैठकमा परिषदका सदस्य सुरज वैद्यले सरकार र निजी तथा व्यावसायिक क्षेत्रबीच समन्वय र साझेदारीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई आर्थिक विकासको बाटोमा तीव्रताका साथ अगाडि बढाउन एउटा नयाँ अभ्यासको थालनी भएको बताए ।

मुलुकमा नीति, योजना, कार्यक्रम कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण भएको भन्दै उनले मुलुकमा उपलब्ध स्रोत र साधनको महत्तम उपयोग गर्दै सुशासनको माध्यमद्वारा समृद्ध नेपाल निर्माणको दिशामा अगाडि बढ्न सम्भव रहेको बताए ।

यस लक्ष्य प्राप्तिका लागि सरकारी, निजी र सहकारी क्षेत्रकाबीच सहकार्य, समन्वय र साझेदारीलाई प्रवर्धन गर्दै अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।

यसका लागि परिषदको संस्थागत संरचनालाई थप क्रियाशील तुल्याउन निर्देशन दिँदै सम्पूर्ण लोकतन्त्रको सुनिश्चिततामा पनि प्रधानमन्त्री ओलीले जोड दिएका थिए ।