काठमाडौं । अमेरिकी सिमा सुरक्षा बलले मेक्सिकोको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


अमेरिकी सिमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सीमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका अधिकांश पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्बन्धी विवाद हुँदै आएको छ । अमेरिकाले आप्रवासी नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गरेको छ ।

तर, मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न धेरै मुलुकका आप्रवासी सीमा क्षेत्रमा पुग्ने गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रण गर्न मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने घोषणा गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।(एजेन्सी)