काठमाडौं । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको समूह एच अन्तर्गतको खेलमा स्पेनिस क्लब भ्यालेन्सियामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै युभेन्टसले नकआउट चरणमा स्थान पक्का गरेको हो ।


ADVERTISEMENT


युभेन्टसको जितमा मारियो मान्जुकीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९ औँ मिनेटमा विजयी गोल गरेका हुन् । अग्रपंक्तिमा क्रिष्टियानो रोनाल्डो, पाउलो डिबाला र मान्जुकी रहेको युभेन्टसलाई पहिलो हाफमा भ्यालेन्सियाको पोस्टमा गोल प्रहार गर्न निकै मुस्किल परेको थियो ।


ADVERTISEMENT

# # #


तर उसले दोस्रो हाफमा गोल गर्न सकेको हो । भ्यालेन्सियाले पहिलो हाफमा गोल गर्ने केही मौकाहरु बनाएको थियो । दोस्रो हाफमा भने युभेन्टस बलियो बनेर फर्कियो ।

मान्जुकले रोनाल्डोको सहयोगमा गोल गरेकोक मिनेटपछि नै भ्यालेन्सियाले बराबरी गोलको सुन्दर मौका बनाएको थियो, तर चुक्यो । जितपछि अन्तिम १६ मा स्थान पक्का गरेको युभेन्टस समूहको शीर्ष स्थानमा छ १२ अंकसहित ।

मंगलबार राति नै भएको खेलमा योङ्ग ब्वाइजमाथि जित निकाल्दै म्यानचेस्टर युनाइटेडले पनि अन्तिम १६ मा स्थान बनाएको छ । अब समूह चरणको अन्तिम खेलले समूह विजेताको टुंगो लाग्नेछ ।