काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेसटर सिटी बराबरीमा रोकिएको छ । समूह एफ अन्तर्गत अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी फ्रान्सेली क्लब लियोनसँग २–२ को बराबरीमा रोकिएको हो ।


ADVERTISEMENT


पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेकोमा दोस्रो हाफमा दुवै टिमले दुई–दुई गोल गरे । अग्रता पहिलो लियोनले लियो । उसका लागि ५५ औँ मिनेटमा म्याक्सवेल कोर्नेटले गोल गरे ।


ADVERTISEMENT

# # #


सिटीका लागि ६२ औँ मिनेटमा एमरिक ल्यापोर्तले गोल फर्काए । ८१ औँ मिनेटमा कोर्नेटले व्यक्तिगत दोस्रो गोल गर्दै फेरि लियोनलाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि अर्थात ८३ औँ मिनेटमा सिटीका लागि सर्जियो अग्युरोले बराबरी गोल फर्काए ।

बराबरीपछि सिटी अन्तिम १६ मा पुग्ने पक्का भएको छ र समूहको शीर्ष स्थानमा पनि कायम छ । तर लियोनले अन्तिम १६ मा स्थान बनाउनका लागि भने समूह चरणको अन्तिम खेलको नतिजामा भर पर्नु पर्ने भएको छ ।

यहि समूह अन्तर्गत भएको खेलमा शाख्तर डोनेस्कले होफेनहेमलाई ३–२ ले हरायो । यो जितले समूहको दोस्रो स्थानका लागि शाख्तरको सम्भावना कायम राखेको छ ।