जनकपुरधाम । छोरीलाई शिक्षित तथा आत्मनिर्भर बनाउन प्रदेश २ सरकारले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अभेनेत्री रेखा थापाले सहयोग गर्ने भएकी छन्। प्रदेश २ सरकारकारको यो अभियानलाई प्रभावकारी बनाउन अभिनेत्री थापाले सहयोग गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।


ADVERTISEMENT


मंगलबार मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले छोरीको लागि स्वर्णीम नेपाल कार्यक्रम अन्तर्गत महिला हिंसा तथा बालविवाह विरुद्ध कार्यक्रम संचालन गर्दै आएको फाउण्डेशनले अवको दिनमा ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमको समेत प्रबद्र्धन गर्ने बताए।


ADVERTISEMENT

# # #


समाजिक रुपान्तरणको अभियान अन्तर्गत सरकारले ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानमा नायिका रेखा थापाले प्रबद्र्धन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको बताउदै मुख्यमन्त्री राउतले अन्य समाजिक व्यक्तित्वलाई समेत अगाडि आउन आह्वान गरेका छन्।

यस्तै, नायिका थापाले महिला मुद्दामा केन्द्रित भई, पुरानो प्रवृत्तिलाई निर्मुल पार्दै महिलालाई सशक्त बनाउने उद्देश्यले अभियानमा आफू सकारात्मक भावनाले अगाडि बढ्ने बताइन्।

‘सपना विहिन छोरी र निराश आमाहरुलाई जागाउने यो अभियानको प्रयास रहनेछ। आँफ्नै आँखा अगाडि कुनै छोरीको जबर्जस्ती गर्भपतन गरेको देख्दा आफूलाई त्यही दिनदेखी नारीको वकालत गर्ने इच्छा जाग्यो’, नायिका थापाले भनिन्।

उनले प्रदेश २ को सरकारले ल्याएको कार्यक्रमले आफूलाई प्रदेश नं. २ मा आउन आकर्षित गरेको समेत उल्लेख गेकी छिन्। यता, प्रदेश २ सरकारले चलाएको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको बुधबार रौतहटमा नमूना कार्यक्रम रहेको पत्रकार सम्मेलनमा मार्फत जनाइएको छ।