लेखनाथ– एनआइसी एशिया बैंकले आज आफ्नो नयाँ शाखा कास्कीको लेखनाथमा स्थापना गरेको छ ।


ADVERTISEMENT


बैंकलाई मुलुकका हरेक ठाउँमा पुर्याउँदै सबै नागरिकलाई सेवा दिने उद्देश्यले २६८औँ शाखा लेखनाथको बूढीबजारमा स्थापना गरिएको सो बैंकका गण्डकी प्रादेशिक प्रमुख जयन्द्र रावलले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


उक्त बैंकको कूल निक्षेप करीब रु १६९ अर्ब रहेको छ भने रु १४४ अर्ब कर्जा प्रवाह गरेको छ । सो शाखाको उद्घाटनपछि प्रादेशिक प्रमुख रावलले ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए । उक्त बैँकका हाल करीब १३ लाख ५० हजार ग्राहक रहेको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया