काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता रद्द गरेका छन् । क्राइमियाई प्रायद्वीपमा रूसी सैनिकले युक्रेनका सेनाको जहाजमा आक्रमण गरेर कब्जामा लिएका थिए ।


ADVERTISEMENT


यो घटनापछि ट्रम्पले भनेका छन् कि उनले अब जी–ट्वन्टी सम्मेलनको क्रममा हुने तय भएको पुटिनसँगको भेटवार्ता हुने छैन ।


ADVERTISEMENT

# # #


यसअघि पनि युक्रेन र रुसबिच तनाव बढेको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले जी–ट्वन्टी सम्मेलनको क्रममा हुने तय भएको पुटिनसँगको भेटवार्ता रद्द गर्न सक्ने चेतावनी दिएका थिए ।

यस्तै जर्मन चान्सलर एंगेला मार्केलले पनि यो घटनामा रूस सम्पूर्ण रुपमा जिम्मेबार रहेको ठहर गरेका छन् । उनले यस मुद्वाका बारेमा जी–ट्वेन्टी सम्मेलनमा राष्ट्रपति पुटिनसँग कुरा राख्ने बताएका छन् ।

अर्जेन्टिनाको राजधानीमा नोभेम्बर ३० देखि जी–ट्वेन्टी सम्मेलन सुरु हुँदैछ । यहि क्रममा ट्रम्प र पुटिनबिच भेट हुने तयारी थियो ।

युक्रेन र रुसबिच पछिल्लो पटक क्राइमियाको समुद्री सीमाको विषयलाई लिएर तनाव बढेको छ ।