काठमाडौं । सर्वत्र आलोचना भएपछि सरकारले काठमाडौँमा चल्‍ने सवारी साधनहरुमा विहिबारदेखि लगाएको जोरबिजोर प्रणाली अन्ततः हटाएको छ । गृहमन्त्रालयले आज ११ः३० देखि लागु हुने गरी जोरविजोर प्रणाली हटाएको हो ।


ADVERTISEMENT


प्रहरी निरिक्षक एवम् महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह प्रवक्ता जितेश दाहालका ले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार जोर—विजोर प्रणाली हटेको छ ।


ADVERTISEMENT

# # #


‘आज बिहान ११ ३० बजे बाट जोर बिजोर प्रणली हटाईएको छ’ दाहालले भने ‘जोर बिजोरका नाममा अब काठमाडौं उपत्यकामा कुनै पनि सवारी साधनहरुलाई रोक लगाईने छैन ।’

यसअघि सरकारले जोरबिजोर प्रणाली चारदिनसम्मका लागि लागु गरेको थियो । सोहि बमोजिम आज (शुक्रबार) जोर नम्बरका सवारीका सधान मात्रै सञ्चालन हुन पाउने बताएको थियो ।

सोमबारदेखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटका लागि भन्‍दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन ट्राफिक प्रहरीलाई यस्तो निर्देशन दिएको जनाएको थियो ।

सरकारले अनावश्यक रुपमा जोर विजोर प्रणाली लागू गरेको भन्दै सर्वसाधारणहरुले विरोध गरिरहेका छन् । उनीहरुले सरकारको यो निर्देशन नमान्ने भन्दै जोर विजोर प्रणालीको अवज्ञा पनि गरेका छन् ।