काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिने भएको छ ।


ADVERTISEMENT


सुरक्षा अभ्यासका लागि अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म पूर्ण रुपमा बन्द गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । त्यसबेला कुनै पनि उडान र अवतरण हुने छैनन् ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक २ वर्षमा फुल स्केल इमर्जेन्सी एक्सरसाइज गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको प्रवक्ता ठाकुरले बताए । यस अवधीमा दमकल पनि तयारी अवस्थामा राखिन्छ । मूलयत यस्तो बेला विमानस्थलको दूर्घटना उद्दार क्षमता कति छ भन्ने जाँच गरिन्छ । कुनै विमान दुर्घटना भएको रुपमा लिइन्छ र उद्दार गरिन्छ ।

प्रवक्ता ठाकुरले ३० मिनेट विमानस्थल पूर्ण रुपमा बन्द गरेर बिमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिने जानकारी दिए।

अभ्यासका लागि एयरबसको ए ३३० सिरिजको जहाज छनौट गरिएको छ । जसमा १ सय ८० जना यात्रु रहनेछन् । सो जहाज पेप्सीकोला क्षेत्रमा सांकेतिक रुपमा दुर्घटना हुने र त्यसको उद्दारका लागि उपलब्ध हरेक प्रयास गरिने ठाकुरले बताए । अभ्यासका क्रममा जहाज दुर्घटनाका घाइते यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल पुरयाउने योजना बनाइएको छ ।