काठमाडौं । एसियाकै कुख्यात अपराधी (सिरियल कलिर) चार्ल्स शोभराजको विषयमा मुटु रोग विशेषज्ञ डा.रामेश कोइरालाले पुस्तक लेखेका छन्।


ADVERTISEMENT


शोभराजबारे लेखिएको पुस्तक ‘चार्ल्स शोभराजः इन्साइड द हर्ट अफ द विकिनी किलर’ भारतको रुपा पब्लिकेशनले बजारमा ल्याएको हो।


ADVERTISEMENT

# # #


वि.सं. २०७४ जेठमा केन्द्रीय कारागार गोलघरमा रहँदा मुटुमा समस्या आएपछि ७४ वर्षीय शोभराजलाई बाँसबारिस्थित सहिद गंगालाल ह्दय रोग केन्द्रमा उपचारका लागि लगिएको थियो।

रामेशले उनको उपचार गरेका थिए। त्यसबखत रामेशले शोभराजको सर्जरी गरिरहेको तस्बिर ट्वीट गरेका थिए। जसमा लेखिएको थियो, ‘गनिएको मान्छेको सर्जरी। सुनामीजति पिलोको उपचारलाई विदेशिने देशमा बेनामी र कुनामी त बाँकी हुन्छन्।’

उनले सर्जरीपछि शोभराजसँगको तस्बिरसमेत सार्वजनिक गरेका थिए। अहिले रामेशले आफैंले सर्जरी गरेका शोभराजको बायोग्राफी तयार पारेका छन्। पुस्तकको मूल्य पाँच सय रुपैयाँ भारतीय (नेपाली आठ सय) रहेको छ।